प्रदेश

कपिलवस्तु जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, ७७ युनिट रगत संकलन




कपिलवस्तु, २४ साउन ।
कपिलवस्तु जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो ।

बढ्दो रगतको मागलाई परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज (बर्ष २०२२) का अध्यक्ष गुरुदेव पौडेलले बताए । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता जनाए ।

अस्पतालहरुमा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुगोस भन्ने उद्देश्ले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ । नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु र कपिलवस्तु सामुदायिक अस्पतालको सहयोग तथा जेसी अपिला टण्डनको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन भएको कपिलवस्तु जेसिज (बर्ष २०२२) का महासचिव चन्द्रकान्त पोख्रेलले जानकारी दिए । सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६