प्रदेश

प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता



काठमाडौं, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गङ्गा दाहालले जानकारी दिनुभयो । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन् ।

सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदानदेखि स्थानीय सहररनगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको दाहालले जानकारी दिनुभयो ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६