जीवनशैली

राति ठूलो पानी परेपछि काठमाण्डौको वाग्मती नदीमा बाढी



काठमाण्डौ २५ साउन –
काठमाण्डौ उपत्यकाका वाग्मती, विष्णुमती लगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वाग्मती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाण्डौ उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरा लगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग नौबिसे– मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सडकको अवस्था बुझ्न प्रहरीको सुझाव छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६