प्रदेश

कुसुन्डामा भाषा संरक्षणकै चिन्ता



दाङ, २५ साउन । दाङमा लोपोन्मुख जातिको भाषा र पेशा संकटमा परेको छ । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोबास दाङमा नै छ भने कुमाल, कोरी, चमार जस्ता जातिहरूको बसोबास पनि दाङमा देखिन्छ । तर ती जातिहरूको भाषा, पेशा र परम्परा भने संकटमा छ ।

संरक्षणमा सम्बन्धित समुदाय र राज्यको पहल नहुँदा भाषा र पेशा संकटमा परिरहेको जानकारहरूको भनाइ छ । लोपोन्मुख जाति कुसुन्डामा अहिले भाषालाई जीवत राख्ने चुनौती बढ्दै गएको छ । विगतदेखि भाषा संरक्षणका लागि प्रयासहरू भए पनि भाषा जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिदै गएको अगुवाहरूको भनाइ छ । नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्ष अघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो ।

भाषा संरक्षणका लागि उनको स्थान ओकट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन् । उनीपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । लमही नगरपालिका वडा नं। ६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा बसोबास गर्दै आएका छन् ।

यस्तै लोपोन्मुख आदिवासी जनजाति कुमाल जातिको परम्परागत पेशा लोप हुन थालेको छ । नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेशामा जोडिन नमानेपछि कुमालेहरूको माटोका भाँडा बनाउने पेशा संकटमा परेको समुदायका अगुवा दिपक कुमालले बताए । नयाँ–नयाँ पेशा व्यवसाय उनले नयाँ पुस्ता परम्परासँग जोडिन नमान्दा र पुरानो पुस्ताको व्यवसायले बजारीकरण नपाउँदा कुमाल जातिको पेशा संकटमा रहेको बताए ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६