जीवनशैली

चितवनमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन हुने



चितवन २६ साउन – चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो ।
क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालसँगै ६ तले भवन निर्माण गरिएको छ । क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर नजाओस् भन्नका लागि विशेष सतर्कता अपनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बङ्कर निर्माण गरिएको र परीक्षण सफल भएको उहाँले बताउनुभयो ।
एक महिना भित्रमा सञ्चालनमा ल्याउने गरी अस्पतालले आफ्नो भगिनी संस्थाको रुपमा “सीएमसी क्यान्सर इन्स्टिच्युट” निर्माण गरेको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले बताउनुभयो । नेपालका क्यान्सरका बिरामी अब दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा विदेश जानु नपर्ने बताउँदै डा। लम्सालले विदेशका अस्पतालमा जडान गरिएका आधुनिक उपकरणहरु यहाँ जडान भएको जानकारी दिनुभयो ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६