२६ साउन – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएको हो ।
नेता किम जोङ उनले हिजो मात्रै कोभिड(१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएको थियो ।
महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो ।
उत्तर कोरियाले सुरुमा परीक्षण नै नगरि ज्वरोका बिरामी भन्दै कोभिडलाई नजरअन्दाज गरेको थियो । तर, महामारी फैलिएपछि सङ्क्रमण देखिएको बताएको थियो ।
२६ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया