कपिलवस्तु,२६ साउन ।
कपिलवस्तुमा छाडा चौपायाका व्यवस्थापनमा चुनौति देखिएपछि बिहिवार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । जिल्लाका सबै पालिकाका प्रमुख सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरि छाडा चौपायाको व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो । ठुलो समस्याको रुपमा देखा परेको छाडा चौपायालाई व्यवस्थापनमा सबै पालिकाले आर्थिक सहयोग गर्ने समेत निर्णय भएको छ ।
उक्त स्थानमा चौपायालाई खानाको लागि वन क्षेत्र र पानीको पानीको पनि सहजता रहेको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताउनुभयो । ‘छाडा चौपायाका कारण किसानहरु तथा राजमार्गमा सवारी साधनलाई समेत धेरै समस्या परेको छ, थापाले भन्नुभयो, ‘त्यहा गौशाला निर्माण गरि व्यवस्थापन गरिने छ,त्यसपछि यो समस्या समाधान हुने छ, ।’
मेयर थापाले शिवराज नगरपालिकाले यस वर्ष छाडा चौपायाका व्यवस्थापनको लागि १० लाख रकम विनियोजन गरेको बताउनुभयो । यस भन्दा अगाडी सुगुरबरुवामा छाडा चौपायाको व्यवस्थापनको लागि प्रयास भएपनि राजमार्ग नजिक रहेको जोखिम बढेको उहाँले बताउनुभयो । ‘अहिले पनि सुगुरबरुवामा गाईगोरु हरु छन, तिनीहरुलाई अब संरक्षण गर्नुपर्छ’ थापाले भन्न्नुभयो, ।
छाडा चौपायाका व्यवस्थापनमा सबै पालिकाहरुको सहयोग आवश्यक रहने वुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । ‘स्थानीय किसानहरुलाई छाडा चौपायाँले हैरान पारेका छन्,एक दिन भगाउन छन अर्का दिन फेरी आउछन्, श्रेष्ठले भन्नुभयो, ‘पूर्व पश्चिम राजमार्गको विच भागमा बसेर सडक नै जाम गरेका हुन्छन्,।’
२६ श्रावण २०७९, बिहिबार








प्रतिक्रिया