प्रदेश

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल



रुपन्देही २६ साउन ।
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ ।
बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छिट्टै टुङ्गो लाग्ने उहाँको विश्वास छ । सङ्घीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बताउनुहुन्छ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे । उहाँले भन्नुभयो, “स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।”
सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र सञ्चालन व्यवस्थापनको नेतृत्व उपमहानगरले गरे पनि निजी क्षेत्रलाई जोडेर लैजाँदा भरपर्दो हुने उद्योगी व्यवसायीको सुझाव छ । स्थानीय सरकार र निजी क्षेत्र मिलेर यसको सञ्चालन गर्नु उपयुक्त हुने बताउनुहुन्छ नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेल । यी संरचनाको उचित व्यवस्थापन र सञ्चालनका लागि निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उहाँको भनाइ छ ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६