तम्घास २६ साउन
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । कोरोना संक्रमण पुष्टि हुनेमा सरकारी कार्यालयका प्रमुख, अधिकृतहरुसम्म रहेका छन् ।
जिल्लामा संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ ।
जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको एन्टिजेन परीक्षण गर्नका लागि निर्देशन दिएको आचार्यले बताउनुभयो । पालिकाहरुमा प्रर्याप्त मात्रामा एन्टिेजको व्यबस्था गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिक्रिया