प्रदेश

पूर्णिमा मनाउन गएका गुल्मीका बालकको डुबेर मृत्यु




गुल्मी, २७ साउन ।
गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका (१) साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका ३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ । चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६