प्रदेश

निहारिकालाई भेटेपछि बालेनको प्रतिक्रिया– यो अत्ति भयो



काठमाण्डौ, २८ साउन । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो ।

साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आउनुभएको छ । निहारिकाको छोरी पनि छ तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उहाँले डीएनए परीक्षणको माग गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय अघि शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्ने कोसिस गरेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको छ । निहारिकाको अहिले उपचार भइरहेको छ ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६