अन्तर्राष्ट्रिय

रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको युक्रेनको टिप्पणी



२९ साउन
रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको भन्दै युक्रेनले टिप्पणी गरेको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रुसले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाउनुभएको हो ।
मन्त्री लआस्कोले आफ्नो देशमाथि रुसले आक्रमण सुरु गरेदेखि नै औषधि जस्तो अत्यावश्यक क्षेत्र र स्वास्थ्य सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र यो निन्दाको विषय रहेको बताउनुभयो । उहाँले रुसले कब्जा गरेका ठाउँमा नागरिकको उपचार र स्वास्थ्य अवस्था दयनीय बनेको समेत बताउनुभएको छ ।
विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय करिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन । जसले गर्दा बिरामीलाई अनुदानका औषधि समेत उपलब्ध गराउन समस्या भएको मन्त्री लिआस्कोले बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेन सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । तर युद्ध सुरु भएपछि अस्पताल र सडकलगायत थुप्रै पूर्वाधारको विनाश भएको छ । यसले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ । मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६