ज्ञानेश्वर साहनी, नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकी को लागि जग्गा दाता लाई सम्मान कार्यक्रम सम्पन भएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाई ले आफ्नो ८ कठा जग्गा देवगाउँ स्वास्थ्य चाैकी भवन बनाउन दान गर्नु भएको छ ।देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जग्गा दाता जगदिश गोसाई को भाइ तथा पुर्ब वडा अध्यक्ष जितबहादुर गोसाई ले गरेको थिऐ ।
एक कार्यक्रमका बिच देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा जग्गा दाता लाई सम्मान कार्यक्रम गरियो थियोे ।रामग्राम नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष कनहिय मैया को अध्यक्षता तथा प्रदेश सभा संसद माननीय बैजनाथ जयसवाल ज्यूकाे प्रमुख आतिथ्यतामा भएको देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकी को लागि जग्गा दाता लाई सम्मान कार्यक्रम सम्पन भएको थियोे ।
कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाई ले जग्गा कम भए पछि अरु जग्गा दिने बताउनुभएको थियोे ।कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका का उप मेयर सम्झना चाैधरी , गोवरहिया प्रहरी चाैकी , नेपाल रेडक्रस सोसाइटी , पत्रकार , समाजसेवी तथा गाउँ वासी हरुलगायत को सहभागीता रहेको थियो भने कार्यक्रम संचालक देवगाउँ स्वास्थ्य चाैकी हे .अ चन्द्र भावन यादव ले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया