प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री र सांसदहरू धर्नामा




काठमाडौं, २९ साउन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदहरूले संघीय सरकारविरुद्ध धर्ना थालेका छन् । प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबार९आज०देखि प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना सुरु गरिएको हो ।

एक सातासम्म चल्ने धर्ना कार्यक्रम हरेक दिन दुई घण्टा चल्ने जनाइएको छ । पहिलो दिन आज पौने १२ बजेदेखि पौने दुई घण्टासम्म चल्नेछ । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखा पर्दै आएको छ ।

यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम ध्यानाकर्षण पत्र नै बुझाएको थियो । तर माग सम्बोधन नभएपछि हिजो मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६