प्रदेश

प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित




काठमाण्डौ, २९ साउन । सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक पर्सि मङ्गलवारसम्मका लागि स्थगित भएको छ । आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।

सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उहाँले कर्मचारीलाई गणना गर्न लगाउनुभएको थियो । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । सभामुखले सुरुमा बैठक १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो, त्यसपछि पनि सांसद नआएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा काठमाण्डौ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक भने निर्णयार्थ पेस भएको छ । यो विधेयक पेस गर्ने बेलामा ९० जना सांसद बैठकमा रहेका थिए ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६