प्रदेश

तरुण दलले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा




काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा तरुण दलले राष्ट्रपतिको राजीनामा माग गरेको हो ।

सोमबार (आज) तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको बताउनुभएको छ ।

तरुण दलले राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ । राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६