काठमाडौं, ३१ साउन । भारतको जम्मु कश्मिरमा इन्डो तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मीर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपराह्न बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।
बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्याइएको छ। ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो।








प्रतिक्रिया