प्रदेश

मेरो २० अर्ब सम्पति कहाँ छ ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छुः ओली



काठमाण्डौं, ०१ भाद्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग भएको सम्पत्ति समेत दान गरेको दावी गर्दै आफ्नो २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने उल्लेख गरे । अबको चुनावमा केपी ओलीले २० अरब कि खरब खर्च गर्ने आरोप लगाएको उल्लेख गर्दै आफूले सम्पत्ति दान गरिसकेको बताए ।

अध्यक्ष ओलीले भने– ‘२ खरब छ रे केपी ओलीसँग, २ खरब त हैन २० देखि ४० अरब छ केपी ओलीसँग । कहाँ छ भन्दा रिजर्भ बैंकमा छ । उसले भनेको । सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शत प्रतिशत म उसकै नाममा गरिदिन्छु । शतप्रतिशत । २० अरबको मालिक त एकैपटक हुन पाउने भयो नि । त्यै काम गरे भइहाल्यो नि, दुनियाँ लफडा किन गरिरहने, २० अरब त एक पटक मै पाउने भयो नी । केपी ओलीले कहाँ राखेको छ, कुन रिजर्भ बैंकमा राखेको छ ? मैले नै लेखेर दिएपछि त संसार भरका जुन बैंकमा पैसा छ जो जससँग सम्बन्धित छ मैले नै लेखेर दिन्छु । मेरो भएको सबै सम्पत्ति यसको उपचारका लागि दिनु भनेर ।’

उनले कसैले खर्च दिएर दैनिक ज्यालादारीमा आफूविरुद्ध त्यस्ता कुरा बोल्न लगाएको बताए । त्यस्ता व्यक्तिले समाजमा भ्रम छर्ने उनले बताए । त्यस्ता व्यक्तिहरु चरा, मुसा, बाँदर जस्ता चाराका लागि बाँचेको भन्दै व्यङ्ग्य गरे । उनले देशका लागि एमाले महान उद्देश्य बोकेर अघि बढेको उल्लेख गर्दै त्यसको विरुद्ध शक्ति लागिपरेको बताए ।

ओलीले एमाले सामाजिक सद्‌भावमा विश्वास गर्ने पार्टी रहेको बताए । न्याय र समानता कायम गर्दै राष्ट्रिय एकता कायम गर्ने दावी गरे । राष्ट्रिय एकता कायम नगरे नेपालको प्राकृतिक स्रोत लुटाउने सम्झौता हुनसक्ने, नेपालको भूमि प्रयोग गरेर असर पुर्याउन सक्ने उल्लेख गरे ।

उनले जात जातिका आधारमा नेपाली विभाजित हुन नहुने बताए । यो बाटोबाट सुखी नेपाली समृद्ध नेपालको गन्तव्यमा पुग्ने लक्ष्य रहेको बताए । उनले कसैले छोरी बुहारी, भाई साला सालीका लागि राजनीति गरेको भन्दै देशका लागि राजनीति गर्नुपर्ने बताए ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६