सरिता चौधरी
कपिलबस्तु १ भदौ । कपिलबस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले आफू प्रहरी अधिकारी भएकाले पेशागत आचरणमा चुक्ने र शक्तिसंग ब्यक्तिगत लाभकालागि झुक्ने काम नहुने ठोकुवा गर्नु भएको छ । उहाले जिल्लामा सुसाशन , शान्ती, सुरक्षा कायम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनु भएको छ । कपिलबस्तु जिल्ला भारतीय सिमा नाकासंग नजिक रहेकोले हुन सक्ने अराधिक गतिविधिलाई रोक्न र शान्ती सुरक्षा कायम गर्न आफ्नो पहिलो प्राथमिकता रहने प्रहरी प्रमुख बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।

भर्खरै मात्र कपिलबस्तुमा सरुवा भई आउनुभएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतसंग पत्रकार भेटघाट तथा परिचयात्मक अन्रतरक्रियामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । साथै उहाले कुनैपनि समाचार लेख्नु भन्दा पुर्ब प्रहरीसंग समन्वय गरी सत्य, तथ्यको आधारमा समाचार संम्प्रेषण गर्न सम्पुर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।यस्तैे साउन महिनामा प्रहरीले गरेको प्रगतिको विवरण समेत सार्वजनिक गरेको छ । जसअन्तरगत साउन महिनामा मात्रै विभिन्न घटनामा संलग्न ५ जना फरार प्रतिवादी पक्राउ, लागु औषध अपराध अन्तरगत १० जना पक्राउ परेका छन् भने ब्राउन सुगर ४ ग्राम २१० मिलीग्राम, नाईट्राभेट १५० ट्याब्लेट, स्पास्मो १६४ क्याप्सुल, गांजा ६६२ ग्राम बारामद गरेको छ । यस्तै ८५ वटा मुद्धा दर्ता जसरमा ५२ वटा फर्छौट र ३३ वटा बाकीं रहेको छ । यसैगरी १ करोड ११ लाख १ हजार ५ सय ८७ रुपैया साउन महिनामा राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासघं कपिलबस्तुका अध्यक्ष किरणमान बज्रचार्य, पुर्व अध्यक्षद्वेय भेषराज पाण्डे र डिलाराम भुसाल ,मानवअधिकार कर्मी पोमनारायण पौडेल , पत्रकार अनिउल्लाह धोवी लगाएतले प्रहरीले गरेका गतिबीधिहरुको विष्लेषण गर्नु भएको थियो । प्रहरीले गरेका गतिबिधीको अभिलेखिकरण र मासिक प्रगती सार्बजनिकले पत्रकारहरुलाई समाचार संम्प्रेषण गर्न सहज भएको सहभागि पत्रकारले बताएका थिए । कार्यक्रममा जिल्लाका क्रियाशिल संचारकर्मीहरुको उपस्थित रहेको थियो ।








प्रतिक्रिया