खोज–अनुसन्धान

बिप्लवको गृह जिल्लावाट शुरु भयो रयाली सहितको विरोधको कार्यक्रम




कपिलवस्तु २ भदौ ।बिप्लवको गृह जिल्लावाट रयाली सहितको विरोधको कार्यक्रम शुरु भएकोछ । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले तौलिहवामा ¥यालीपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा भएको ¥यालीमा १५० बढि नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।गत फागुन २१ गते भएको नेपाल सरकार र नेकपा बिच भएको ३ बुदे सहमतिको कार्यन्वयनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
सो समयमा जेलमा भएका नेता तथा कार्यकर्ता छोड्ने साथै लगाइएका झुठा मुद्धा फिर्ता लिने जस्ता कुरामा सहमति गरेतापनि कार्यन्वयन नगरेकाले तत्काल कार्यन्वय गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।पार्टीका जिल्ला सचिव कमरेड कमलको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको जिल्ला सदस्य गणेश चौधरीले जानकारी दिए । साथै सहमति कार्यन्वयन नगरे चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य समेत हुने जिल्ला सचिव कमरेड कमलले बताए ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६