खोज–अनुसन्धान

देउवा पुत्रको फोटो खिचे वापत पत्रकारलाई वालुवाटार प्रबेशमा रोक




काठमाडौं २ भदौ । बालुवाटारमा हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकमा सञ्चारकर्मीहरुलाई निषेध गरिएको छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवाको गाडीको फुटेज खिचिएको भन्दै हिजाकोे बैठकमा पत्रकारलाई निषेध गरिएको हो ।सिट बाँडफाँटको लागि गठित कार्यदलको बैठक बस्न लागेको बेला सुरुमा कान्तिपुर र नेपाल टेलिभिजनका पत्रकारलाई प्रवेश गराइएको थियो ।त्यसपछि भने अन्यलाई प्रवेश दिइएन । सरोकार टिभीका सञ्चारकर्मीलाई गेटमै होल्ड गराइयो भने केही अन्यलाई निकै कर गरेर मात्रै प्रवेश दिइएको छ ।
त्यस्तै, ग्यालेक्सी टिभीका पत्रकारलाई क्यामेरा बाहिरै राखेर मात्रै छिर्न दिइएको छ । सुरक्षाकर्मीहरुले पत्रकारलाई जसको पनि आएगएको फोटो र भिडियो खिचेकाले माथिबाटै प्रवेश नगराउन निर्देशन आएको बताएका थिए ।केही दिनअघिको गठबन्धनको बैठकमा लाइभ गर्न हिमालयन टेलिभिजनलाई पनि रोकिएको थियो । त्यस्तै, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने अनौपचारिक बैठक भएको भन्दै सञ्चारकर्मीहरुलाई प्रवेश नदिइएको दाबी गरे ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६