प्रदेश

मेयर साम्पाङद्वारा अहिलेसम्म भएका कामको विवरण सार्वजनिक



२ भदौ काठमाण्डौ – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ ९हर्क राज राई० ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले १३ बुँदामा विवरण सार्वजनिक गर्नुभएको हो ।
गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।
उहाँले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार ल्याएको उल्लेख गर्नुभएको छ ।
यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गर्नुभएको छ।
काठमाण्डौ महानगरको फोहर व्यवस्थापनका बारेमा सामाजिक सञ्जालमा लेखेपछि अहिले मेयर राईको टिका–टिप्पणी भइरहेको छ ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६