प्रदेश

दाङको राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा पल्टिँदा २४ जना घाइते



दाङ, ०२ भाद्र । दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका छन् । लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिनुभयो ।

डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी नदीमा खसेका थिए । प्रायजसो विद्यार्थीहरुको अवस्था सामान्य रहेको केसीले बताउनुभयो । ‘डुङ्गाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भन्नुभयोु डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। माछा मार्ने माझीले उद्धार गरेका हुन्।

डुङ्गा पल्टिँदा केही विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला नदीमा बगेको छ। पौडी खेल्न सक्ने जति आफैँ नदीबाट बाहिर आएका र अन्यलाई उद्धार गरिएको केसीले बताउनु भयो ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६