प्रदेश

नक्कली डाक्टरको बिगबिगीले कपिलवस्तुमा त्रास




किरणमान बज्राचार्य, ०२ भदौ ।
गत शनिबार कपिलवस्तुको सुद्धोदन गाउपालिका–५ हथिहवा शविलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो। नजिकै रहेको सहानी मेडकिल लगेर देखाए । आफूलाई डाक्टर भन्ने बिनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइ दिए।

त्यसको १० मिनेटमै १४ वर्षीय छोरा दुर्गेश राजभर बेहोस भए। थप उपचार गराउन लबनी अलशेख अस्पताल लगे। त्यहाँ उपचार हुन सक्दैन भनेपछि तौलहिवा जिल्ला अस्पताल ल्याउँदा बाटोमै बच्चाको मृत्यु भयो। घटनालगत्तै परविारको आग्रहमा नक्कली डाक्टर तथा सो मेडिकलका संचालक अम्रेश सहानीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ गरिएका सहानीसँग मेडकिल प्रमाणपत्र, मेडकिल काउन्सलि तथा अन्य चकित्सिकसम्बन्धी कुनै कागजात नरहेको प्रहरी नरीक्षक रेशम पौडेलले जानकारी दिए। सहानी जस्तै जिल्लाका गाउँदेखि शहरमा नक्कली झाले डाक्टरहरु कै बिगबिगी छ। उनीहरुले मान्छेको जनस्वास्थयमाथि खेलवाड गरीरहेका छन्। उनीहरु कै कारणले कैयौंले ज्यान समेत गुमाएका छन्।

तर जिल्लाका गाउँदेखि शहरमा नक्कली डाक्टरले गैर कानुनीरुपमा खुलेयाम औषधि पसल र क्लिनिक संचालन गरे पनि सरोकारवाला मौन बसेका छन्। अनुगमन, निरीक्षणमा चासो नदिँदा अवैध औषधि पसल खुल्ने क्रम बढदै गएको छ।

अनुगमन गर्ने निकाय मौन बस्दा यहाँ ग्रामीण भेगदेखि शहर बजारमा गैर कानूनी औषधि पसलको संख्या दिननुदिन बढदै गएको हो। औषधि व्यवस्था विभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत कुनै पनि निकायाले पनि त्यस्ता पसल संचालनमा रोक नलगाउदा यहाँको जन स्वास्थय समस्या जटिल बन्दै गएको छ।

यहाँ अधिकांश औषधि पसलहरु गैरकानूनी रुपमा सञ्चालन भइरहेका छन्। औषधि पसल सञ्चालनको लागि औषधि व्यवस्था विभागबाट अनिवार्य दर्ता गराउनु पर्ने प्रावधान छ दर्तावाल औषधि पसलमा औषधि मात्र बिक्री गर्न पाईन्छ। क्लिनिक संचालन गर्न गरेपछि मात्र चेकजाँच र उपचार गर्न पाईने नियम छ। क्लिनिक संचालनकालागि जिल्ला स्वास्थ्य कार्यालयसँग अनिवार्य स्विकृति लिनु पर्ने प्रावधान रहेको छ।

तर, त्यस विपरित जिल्लामा दुई सय भन्दा बढी औषधि पसल सञ्चालनमा रहेको औषधि व्यवसायी संघले जनाएको छ। पसल मात्र नभई झोला छाप र भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन्। ‘यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन् नै सदरमुकाममा समेत किराना पसल झै छ्यापछयाप्ती छन्’ औषधि व्यवसायी संघका पूर्वजिल्ला सचिव मनिराजम पाण्डेयले भने, ‘तर कारबाही गर्ने आँट कसैबाट भएको छैन।’ जिल्लामा कति दर्तावाल औषधि पसल छन् र कति छैनन् त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन। त्यस्ता पसलमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधिहरु बिक्री हुने गरेको पाण्डेय बताउँछन्। जसका कारण स्वास्थ्य सेवा झन जटिल बन्दै गइरहेको छ।

औषधि पसल सञ्चालनका लागि फार्मेसी विषयमा अध्ययन गरेको वा औषधि व्यवस्था विभागद्वारा प्रदान गरिने तालिममा सहभागी भएका लाई मात्र विभागले औषधि पसल सञ्चालनको लागि स्विकृति पत्र प्रदान गर्ने गर्दछ। दर्तावाल औषधि पसल र निजी क्लिनिक प्राप्त औषधि पसलहरुले राजस्व कार्यालयमा समेत दर्ता गराउनु पर्छ। उता विना इजाजतका त्यस्ता पसलहरुका कारण सरकारलाई लाखौं रुपैयाँको राजस्व समेत घाटा लागिरहेको छ। औषधि विक्रेताहरुले भारतीय सीमानाबाट विना भन्सार प्रतिबन्धित लगायतका अन्य औषधिहरु समेत नेपाल भित्रयाउने गरेको कारण आफूलाई समस्याका साथै व्यवसायमा समेत घाटा व्यहोर्नुपरेको दर्तावाल व्यवसायीहरुले गुनासो गरेका छन्।

स्वास्थ्य कार्यालयका हेमराज पाण्डेयले अनुमति वगेरका औषधि पसल र क्लिनिक सञ्चालन गर्नु अवैधानिक कार्य भएको बताए। ‘गाउँदेखि शहरसम्म गैर कानुरी औषधि पसल संचालन गरको सुनोका छौं, तर समन्वय र सहयोगको अभावमा अनुगन हुन नसक्दा समस्या बढदै गएको छ,’ उनले भने ‘सो समस्यामा हाम्रो पनि ध्यान पुग्न सकेको छैन। ’जिल्लामा यसको संजाल व्यापक भएको तर औषधि व्यवस्था विभागको जिल्लामा कार्यालय नहुँदा अनुगमनको समस्या देखिएको उनले बताए।

अवैध औषधि पसलेहरुले जनस्वास्थय संग प्रत्यक्ष खेलवाड गरिरहेको भन्दै पाण्डेयले अवैध क्लिनिक तत्कालै बन्द गर्नु पर्ने बताए। अनुगमनका लागि आफूले प्रशासन कार्यालय, प्रहरी र स्थानीय निकायसँग समन्वय गर्ने उनले बताए। प्रशासन कार्यालयका सहायक प्रजिअ अनिमल पौडेलले कानुनी औषधि पसलको अनुगमनमा स्वास्थ्य कार्यालयले तत्परता देखाउनु पर्ने बताए। ‘हामीले सहयोग गर्न तयार छौं, स्वास्थ्य कार्यालयले अग्रसरता देखाउनु पर्यो ’

जन गुनासो बढेपछि अनुगमन गर्दै प्रशासन

जन गुनासो बढेपछि प्रशासन कार्यालयले अनुगमनलाई तीव्रता दिएको जनाएको छ। गत साता सहायक प्रजिअ अनिल पौडेलको अगुवाईमा महराजगंज नगरपालिका २ वटा मेडिकल स्टोरमा अनुमगन गरिएको थियो। सोक्रममा आवश्यक कागजातहरु नभेटिएपछि वडा नम्बर १० बिजगौरीको पबित्र बिश्वास मेडीकल स्टोर र महराजगंज नगरपालिका वडा नम्बर १ स्थित नानीमाया आचार्य मेडिकल स्टोरलाई पसल बन्द गरी हाँजिर हुन निर्देशन गरिएको पौडेलले बताए।

उता प्रअिज धर्मेन्द्र कुमार मिश्रको अगुवाईमा महराजगंज र शिवराज नगरपालिकाका गरी ८ वटा मेडीकल स्टोरमा अनुमन गरिएको थियो। अनुगमनका क्रममा शिवराज नगरपालिकाको थुन्हिया चोकमा बिकास बिश्वास नामक बंगाली डाक्टरले संचालन गरको मेडिकल स्टोरमा ईजाजत बिना संचालन गरेको भेटियो। बिश्वासले आफू भारतको कलकत्ताको भएको र कक्षा १० सम्म पढेको बताएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए। ‘बिश्वासको औषधि पसल औषधि व्यवस्था बिभागमा दर्ता नभएको, कुनै बिल नभएको, प्रतिबन्धित भारतीय औषधि समेत भेटाएको थियौं’ उनले भने।

सो पसलमा गर्भपतनको औषधि समेत भेटिएको प्रजिअ मिश्रले बताए। सो पसललाई सिल गरी प्रशासन कार्यालयमा हाँजिर हुन निर्देशन दिएको उनले बताए। महराजगंज नगरपालिकामा रहेको अपना स्वाथ्य क्लिनिकका संचालक भने अनुगमन टोलीलाइए देखेर भागेका थिए। सो क्लिनिकमा टिटिको भ्याक्सिन बाहिर अलपत्र अवस्थामा राखिएको थियो। यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ स्थित राहुल श्रीवास्तवले नाम समेत नभएको क्लिनिक संचालन गरेर बसेका थिए। यस्तै शिवराज नगरपालिका ८ खैरेन्द्रपुरमा जितु श्रीवास्तवले नाम नभएको स्वास्थय क्लिनिक संचालन गरेका थिए। अनुगमन टोलीलाई देखेपछि उनी त्यहाँबाट गायब भएका थिए।

टोलीले महाराजगंजको सिफा फार्मेसी, महाराजगंज प्याथोलोजी, रन्जु फार्मेसी लागयतको अनुगमन गरेका थियो। ‘धेरै औषधि पसल अवैधरुपमा संचालन गरेका पायौं’ प्रजिअ मिश्रले भने मापदन्ड विपरित संचालित क्लिनिकहरुलाई सिल गरी प्रशासनमा आउन निर्देशन दिएको छौं,ु उनले अनुगमनलाई निरन्तरात दिने बताए। अनुगमन टोलीमा प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्हरी उपरिक्षक सुर्य बहादुर सेन ओली, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख योगेन्द्र केसी, स्वास्थ्य कार्यालयका प्रतिनिधि लगायतका रहेका थिए।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६