अर्थ-वाणिज्य

लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा रेगबहादुर नियुक्त




रुपन्देही ३ भदौ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालयको रजिष्ट्रारमा रेगबहादुर भण्डारीलाई नियुक्ति गरेको छ।हाल प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत भण्डारीलाई विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरिएको हो।मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले दिएको जानकारी अनुसार विश्वविद्यालयको उपकुलपतिमा यसअघि नै डा विनोद ढकाललाई नियुक्त गरिएकोमा रजिष्ट्रारमा भने हालै भण्डारीलाई नियुक्त गरिएको हो।

लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सञ्चालन गर्ने तयारी गरेको र सोही अनुसार पदाधिकारी नियुक्ति गरिएको प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।हाल नियुक्त गरिएका पदाधिकारी ४ वर्षका लागि नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६