जीवनशैली

तनहुँमा करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते



तनहुँ ३ भदौ – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर हिजो बाबु–छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिनाका छोराको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते हुनुभएको छ । चित्रबहादुर र उहाँको छोराको उपचारका क्रममा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्यान गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६