ब्रेकिंग न्युज

गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ : अध्यक्ष ओली



झापा, भदौ ३ । नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनु भएको छ ।गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने बताउनु भयो । नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने ओलीको भनाई छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आउनु भएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने ठोकुवा पनि गर्नुभयो ।
जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहोर्याउनु भयो ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६