काठमाण्डौ ३ भदौ । रसुवामा एकैदिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय रसुवाका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिएका छन्। ६ जना निको भएका छन्। यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २३ पुगेको छ।जिल्लामा हालसम्म १ हजार ७ सय १५ जनामा कोरोना पुष्टि भएको कार्यालयको तथ्यांक छ। तीमध्ये १६९० जना निको भएका छन्। कार्यालयका अनुसार कोरोना पुष्टि भएकामध्ये हालसम्म २ जनाले ज्यान गुमाएका छन्।
३ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया