प्रदेश

गठबन्धनको साझा अवधारणा तय गर्न कार्यदललाई शीर्ष नेताको निर्देशन



काठमाडौं ३ भदौ। शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका थिए । ‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरुले पनि त्यसबारे धारणा राख्नुभयो । नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ’, बैठकपछि एक नेताले भने ।कार्यदलले गत प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मत परिणाम तथा वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६