भैरहवा ३ भदौ । पर्यटकीय पूर्वाधार सहित सबै संरचना उपलब्ध रहेकाले भैरहवा क्षेत्रमा ‘रात्रिकालीन पर्यटन बजार’ सञ्चालन गर्नुपर्ने माग पर्यटन व्यवसायीले गरेका छन् । उनीहरूले तीन महिनाअघि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर रात्रिकालीन पर्यटन बजार सञ्चालन गरिनुपर्ने माग अघि सारेका हुन् । व्यवसायीले रात्रिकालीन पर्यटन बजार सञ्चालन गर्न अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीसहित कपिलवस्तु र पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक पर्यटकीय स्थल, बेलहिया–बुटवल ६ लेन सडक, परासी र तौलिहवालाई जोड्ने हुलाकी राजमार्ग, स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतीय पर्यटक नेपाल भित्रिने मूल सीमा नाका, बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा बढ्दै गएको सहरीकरणलगायत पूर्वाधार उपलब्ध रहेको आधार प्रस्तुत गरेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट रातिमा भैरहवा ओर्लिने र रातिमै उडान भर्ने हवाई यात्रुलाई घुम्न र केही समय भुल्नका लागि पनि यस्तो बजारको आवश्यकता बढ्दै गएको उनको भनाइ छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले रात्रिकालीन पर्यटन बजारमा हरेक सामानको मूल्य न्यायिक ढंगले कायम गरिनुपर्नेमा उनले जोड दिए । यसका लागि उच्च, मध्यम र निम्न वर्गका बाह्य एवं आन्तरिक पर्यटकलाई लक्षित गरी मूल्य र खानाका परिकार उपलब्ध गराइनुपर्ने उनले सुझाए ।
३ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया