ब्रेकिंग न्युज

नेपाल भारत सीमाक्षेत्रमा झाडापखालाबाट एकजनाको मृत्यु,तीन गम्भीर



दाङ ,३ भदौ । नेपाल भारत सीमाक्षेत्र राजपुरमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था भने गम्भीर रहेको छ ।झाडापखालाको प्रकोप फैलिएको खबरपछि गाउँपालिकाले आजै पालिकाका स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । झाडापखालाबाट पालिका ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रहरी समेत परिचालन भएको छ । झाडापखाला राजपुर गाउँपालिका ७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको छ ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६