कपिलवस्तु भाद्र ४
नेकपा(एमाले) पोलिटब्यूरो सदस्य एवम्. राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न एमाले सक्षम रहेको दावी गर्नु भयो । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले पार्टीमा रहने नयाँ पुराना सबै कार्यकर्ताको उचित मूल्यांकन गर्दै पार्टीले जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । नेता घिमिरेले पार्टीलाई चुस्त संचालनका लागि पार्टी अनुशासन जो कोहीले पनि पालना गर्नु पर्नेमा समेत जोड दिनु भयो । नेता घिमिरेले नेकपा (एमाले ) कपिलवस्तुको जिल्ला सचिवालयको दोस्रो वैठकलाई मोतिपुरमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य, एवम् कृषि, तथा पशु पंक्षि विभाग प्रमुम गिरधारीलाल न्यौपानेले छानविन समितिको प्रतिवेदनबाट जिल्ला पार्टीलाई सही दिशा निर्दिष्ट गर्न मद्धत पुग्ने चर्चा गर्नु भयो । नेता न्यौपानेले गर्दै वर्तमान गठबन्धन सरकार योजना विहिन ढंगले अगाडी बढदा राष्ट्रलाई ठूलो क्षती पुगेको आरोप लगाउनु भयो । वैठकमा एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारीले बलियो एमाले समयको आवश्यकता रहेको चर्चा गर्नु भयो । त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य झविलाल पोख्रेलले कपिलवस्तुबासी एमाले प्रति निकै आशावादी रहेको चर्चा गर्दै जनताको चाहना पुरा गर्ने दिशातर्फ सबै पार्टी कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनु भयो । वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले पार्टी कार्यकर्ता बीच भावनात्मक एकतामा जोड दिदै भावनात्मक एकता बाट मात्र पार्टी भित्र देखिएका चुनौतीको सामना गर्न सकिने बताउनु भयो ।

स्थानिय तहको निर्वाचनका सन्दर्भमा आएका विभिन्न टिका टिप्पणी, उजुरी, आरोपहरु र पार्टी विरोधी गतिविधीका सन्दर्भमा भएका गतिविधीका बारेमा वास्तविकता बुझनका लागि एमाले केन्द्रिय कमिटी सदस्य एवम् कृषि तथा पशुपक्षि विभाग प्रमुम गिरधारीलाल न्यौपानेको संयोजत्वमा गठित पाँच सदस्य छानविन समितिको प्रतिवेदन जिल्ला अध्यक्ष डम्मर शर्मालाई वैठकमा हस्तान्तरण गरिएको थियो । उक्त छानविन समितिको सदस्यहरुमा एमाले केन्द्रिय कमिटी सदस्य एवम् कपिलवस्तु सहईन्चार्ज शुसिल कुमार श्रीवास्त, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम आचार्य र एमाले जिल्ल प्रचार तथा प्रकाशन विभाग प्रमुम लक्ष्मण बेल्बासे सदस्य रहनु भएको थियो ।
वैठकले पालिका स्तरका प्रशिक्षणहरु यही भाद्र १५ गते र वडा तहका प्रशिक्षणहरु भाद्र मसान्त भित्र सम्पन्न गर्ने निर्णय गर्नुका साथै भाद्र ९ गते मोर्चा संगठनको वैठक मदन आश्रित स्मृति भवन तौलिहवामा सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले जानकारी दिनु भयो । वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुराम आचार्य लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया