ब्रेकिंग न्युज

लोसपाका प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश



वीरगञ्ज ४ भदौ । लोकतान्त्रिक समाजवादी पार्टीबाट मधेश प्रदेशसभा सदस्य प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित गिरी शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमाले प्रवेश गरेका छन् ।त्यसैगरी नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साह लगायतका नेता एमाले प्रवेश गरेको एमाले वीरगञ्ज महानगरपालिका कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।

प्रकाशित : ४ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६