खोज–अनुसन्धान

‘मृतकलाई जिवित गरेको’ भाइरल भिडियोका पास्टर गोतामे पक्राउ




बुटवल ६ भदौ ।मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कंचपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी जानकारी दिए ।बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको थियो । आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीले ग्लोबल आवाजलाई बताए ।
भिडियोमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ । भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँचरछ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६