जीवनशैली

निहारिकाको मागअनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश



काठमाण्डौ ९ भदौ – उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षणको मागसहित काठमाण्डौमा अनशन बस्दै आउनुभएको थियो ।
गएको माघमा जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दाेष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो । काठमाण्डौमा अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास समेत गर्नुभएको थियो । त्यसपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उहाँले अनशन तोडिसक्नुभएको छ ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६