९ भदौ – अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ । आफ्नो कार्यकालमा उहाँले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक रूपमा कमजोर बनाएको सार्वजनिक अध्ययन समितिले जनाएको छ ।
यसअघि मोरिसन प्रधानमन्त्री रहेका बेला विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी गोप्य रूपमा लिएको सार्वजनिक भएको थियो । लगत्तै प्रधानमन्त्री एन्थोनी अल्बानिजीले यसबारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आग्रह गर्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री मोरिसनले कोरोना महामारीका बेला सन् २०२० मार्चमा स्वास्थ्य तथा अर्थ, अप्रिल २०२१ मा उद्योग, विज्ञान तथा स्रोत र मे २०२१ मा ट्रेजरी तथा गृह मन्त्रालयको जिम्मेवारी समेत आफूले लिनुभएको थियो।
जिम्मेवारी लिए पनि कसैलाई जानकारी नदिइ गोप्य राखेको भन्दै उहाँको आलोचना भएको थियो । मोरिसनले आफूले कुनै पनि अधिकारको गलत प्रयोग नगरेको दोहोर्याउनुभएको बीबीसीले जनाएको छ ।
९ भाद्र २०७९, बिहिबार
प्रतिक्रिया