कृषि

सुकुम्वासी आयोगले गरेका कामको विवरण सार्वजनिक




रामु पौडेल
कपिलवस्तु ९ भदौ ।राष्ट्रिय भुमि आयोग कपिलवस्तुले अहिले सम्म गरेको कामको बारेमा जानकारी गराएको छ । आयोग कपिलवस्तु अध्यक्ष शिव प्रसाद पौडेलले पत्रकार सम्मेलन गरि कामको बारेमा जानकारी गराउनु भएको हो । २०७९ जेठ १५ गते जिल्लाको तौलिहवामा आयोगको कार्यालय स्थापना गरि असार १४ बाट आयोगले काम गर्न थालेको उहाँले जनाउनु भयो । कार्यालयले १० वटै पालिकाका प्रमुख उपप्रमुख , प्रमुख प्रशासकिय अधिकृतहरुलाई आयोगका कामसँग सम्बन्धित ऐन , नियम , कार्यविधि र मापदण्डका विषयमा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
जिल्लाको कृष्णनगर ,महाराजगञ्ज , कपिलवस्तु नगरपालिका र यशोधरा , शद्धोधन गाउँ पालिकाकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीले दिने निबेदनको लगत संकलन गर्न समेत आयोगले आग्रह गरेको छ । यसका लागि सुचना समेत प्रकाशित गरिसकेको छ । आयोगले बास्तबिक सुकुम्बासीको लागि काम गर्ने सो अवसरमा दाबी गरिएको थियो ।
यता सोही कार्यक्रममा सुकुम्बासी समस्या समाधानार्थ विगतमा भएका कामवाट पीडित बनेका अव्यवस्थित बसोबास प्रयोजन व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रविक्रम शाहले १२ वर्ष अगाडि अस्थाई लाल पुर्जा पाएका सयौं नागरिकले हाल सम्म स्थाई लालपुर्जा पाउन नसकेको भन्दै आपत्ति जनाउनु भएको थियो । समितिले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नभएको उहाँले बताउनु भएको छ । आयोगले कपिलवस्तुमा जिम्मेवारी पाएपछि पहिलो पटक यस प्रकारको पत्रकार भेटघाट भएको हो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६