जीवनशैली

चिकित्सक नहुँदा बिरामीलाई सास्ती



पाल्पा ९ भदौ । तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ । दुई वर्षअघि ५० शैयाको अस्पताल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाए पनि दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले हैरानी बेहोर्नुपरेको हो ।
५० शैयाको अस्पताल स्वीकृति पाएपछि नौ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबीबीएस डाक्टरको दरबन्दी हुनुपर्ने व्यवस्था छ तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । एमबीबीएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् ।
दरबन्दीअनुसारका चिकित्सक र कर्मचारी नहुँदा तोकिएको सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय स्वास्थ्य बीमा गरेका बिरामीलाई अस्पतालभित्रै उपचार गर्ने व्यवस्थाले पनि पाल्पा अस्पतालमा बिरामीको चाप बढेको छ ।
अस्पतालमा स्वास्थ्यकर्मी र विशेषज्ञ सेवा दिने चिकित्सक नहुँदा सेवा प्रवाहलाई सहज बनाउन समस्या भइरहेको अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रञ्जिता महतोले बताउनुभयो ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६