प्रदेश

माओवादी केन्द्रले फिर्ता बोलायो कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई



सुर्खेत, १० भाद्र । नेकपा माओवादी केन्द्र ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ ।

जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने छन् ।

कर्णाली प्रदेश सभामा माओवादी केन्द्रबाट ११ जना सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । बाँकी रहेका दुई जनालाई पनि पालो पुर्याउन मन्त्री फेरबदल गर्न लागिएको हो ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६