प्रदेश

‘बेसमेन्ट’ खाली गराउन राहदानी विभाग पुग्यो महानगरको टोली



काठमाण्डौ, १० भाद्र । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा काठमाण्डौ महानगरको टोली पुगेको छ । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो ।

राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएका छन् । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा दिँदै आएको राहदानी विभागले भने उनीहरुलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको जनाएको छ ।

महानगरले नक्सा पास गर्दा उल्लेखित बाहेकका संरचना बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । हिजो बानेश्वरमा रहेको अल्फा बिटाको नियमविपरीत संरचना हटाएको थियो भने अस्ति काठमाण्डौ मल लगायत अरु क्षेत्रका नियम विपरीतका संरचना हटाएको थियो ।

महानगरले पार्किङको लागि भनेर बनाएका तर अन्य प्रयोजनमा प्रयोग भइरहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको अवधिसम्म पनि संरचना नहटाउँदा महानगर आफै एक्सन मा उत्रेको हो ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६