प्रदेश

कपिलबस्तुमा गोली हानि एक जनाको हत्या



कपिलबस्तु, भदौ १० गते । कपिलबस्तुमा अज्ञात समुहद्वारा गोली हानि एक जनालाई हत्या गरिएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हनि हत्या गरिएको प्रहरीले जनाएको छ ।

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीका अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको डा. चौधरीले बताए । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६