पर्यटन

नमुना नगरको अभियान :एक वडा एक पर्यटन केन्द्र सहितको साँस्कृतिक ग्राम




पार्वती पाण्डे
कपिलवस्तु ११ भदौ । लुम्विनी प्रदेशकै नमुना नगर बनाउने भन्दै बाणगंगाले एक वडा एक पर्यटन केन्द्र सहितको साँस्कृतिक ग्राम निर्माण गर्ने सुरुवात गरेको छ । वाणगंगा नगरपालिका मेयर चक्रपाणी अर्यालले नगरले पर्यटन केन्द्र सहितको संस्कृतिक ग्राम विकास र सम्बद्र्धनका लागि बजेट छुट्याएको बताउन भएको छ । समृद्ध नगर बनाउनका लागि नगरका ११ वटै वडालाई महत्व दिई काम गरेको बताउनु भयो । संस्कृतिको संरक्षणलनै समृद्ध नगर बन्ने उहाँले बताउनु भयो । मौलिक र केहि आधुनिक गितले देशमा आएका परिर्वतनलाई समेत समावेश गर्ने गरेको उल्लेख गर्दै तिजलाई मौलिकताको र संस्कृतिको रुपमा मनाउनु पर्नेमा मेयर अर्यालले जोड दिनु भयो ।
सञ्चारीका समुह जिल्ला शाखा कपिलवस्तुको आयोजना , वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा शुक्रवार वाणगंगामा भएको संस्कृति संरक्षणका लागि सरोकारवालाको भुमिका विषयक एक दिवसिय अन्तरसंवाद कार्यक्रममा मेयर अर्यालले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै उपमेयर रिता कुमारी चौधरीले सबै धर्म , जात जाती पर्वहरुलाई नगरपालिकाले संरक्षण गर्दै आएको बताउनु भयो । उपमेयर चौधरीले संस्कृतिको संरक्षण गर्न नगर लागि परेको औल्याउनु भयो । चाड पर्वलाई खर्चिलो र भड्किलो गर्न नहुने उपमेयर चौधरीले जोड दिनु भयो ।कार्यक्रममा सञ्चारीका समुहका लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष तथा राष्टिय वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले संस्कृति संरक्षणमा सरोकारवालाको भुमिका विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । उक्त अवधारणा पत्रमा तिज पर्वको महत्व र आधुनिकताले भित्रिएको विचलनवारे विषय वस्तु उठान गरिएको थियो ।

सञ्चारीका समुहका जिल्ला अध्यक्ष पार्वती आचार्यको अध्यक्षता , सचिव शेरिफ के.शी.को सञ्चालनमा कार्यक्रम भएको कार्यक्रममा वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल , वडा नं २ का वडा अध्यक्ष एवं नगर प्रवक्ता विष्णु प्रसाद पौडेल , इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.शी , भुपु सैनिक खानेपानी तथा सरसफाई समितिका अध्यक्ष राजेन्द्र वहादुर शाहि , नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई , नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी , सिद्धार्थ सामाजिक विकास केन्द्रका सचिव हरि लाल शर्मा , लगायतले बोल्दै तिजको मौलिकपनलाई झल्किने गरि तिज कार्यक्रम गर्नु पर्ने , संस्कृति संरक्षणमा सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो ।

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६