प्रदेश

रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षकै कुर्सी कब्जा



भैरहवा, ११ भाद्र । रोहिणी गाउँपालिकामा चरम लापारवाही देखिएको छ । रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवको कुर्सीमा एक अपरिचित युवाले कब्जा गर्दा पनि गाउँपालिका प्रशासन मौन बसेको छ ।

टेबलमा बिद्याय प्रसाद यादव, रोहिणी गाउँपालिका लेखिएको नेम प्लेट छ । राष्ट्रिय झण्डा कुर्सीमा राखिएको तौलियामा घुसाईएको छ । पछाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष र वर्तमान अध्यक्षको नाम रहेको बोर्ड छ । यस्तोमा अपरिचित युवा कुर्सीमा बसेर फोटो समेत खिचेका छन् । अहिले उक्त फोटो भाईरल भई रहेको छ ।

स्थानियहरुले गाउँपालिकाको चरम लापारवाही बारे बिभिन्न टिप्पणीहरु गरेका छन् । गाउँपालिका अध्यक्षकै कुर्सी कब्जा गर्दा पनि गाउँपालिका प्रशासन मौन रहेको छ नै पालिका अध्यक्षले झन विवादित प्रतिक्रिया दिएका छन् । तपाईको कुर्सीमा अन्य ब्यक्तिलाई राखेको हो ? भन्ने प्रश्नमा उनले यो काम निर्वतमान अध्यक्ष सनोज कुमार यादवको भएको गम्भिर आरोप लगाएका छन् । “हामी मिटिङ्गमा थियौ, सनोज कुमार यादवले पठाएको ब्यक्ति मेरो कुर्सीमा बसेर फोटो खिचेको हो ।” बिद्यायले भने “मैले निज युवालाई चिनेको छैन ।”

रोहिणी गाउँपालिकाको यो गैर जिम्मेवारपूर्ण अभिब्यक्तिले गाउँपालिकामा कति सम्मको लापारवाही छ भन्ने कुरा स्पष्ट गरेको छ । सुरक्षित मानिएका पालिकाको प्रमुखकै पदमा यसरी अन्य असुरक्षित हुदा पनि उक्त युवाको पहिचान भएको छ्रैन । गाउँपालिका अध्यक्ष भने अर्कालाई दोषारोपण गर्दै उम्किन चाहेका छन ।

निर्वतमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवलाई यस बिषयमा बुझ्दा उनले पनि कुर्सीमा बसेका युवालाई नचिनेको बताए । “मैले निज युवालाई पठाएको कुरा बिद्या जी को कपोकल्पित कुरा हो ।” यादवले भने “मैले यसरी युवा पठाएर उनको कुर्सी कब्जा गर्नु पर्ने कुनै कारण नै छैन ।” साभार

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६