बुटवल, ११ भाद्र । नेपालका अधिकांश मुख्य सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए ।
नेपालको कुल जनसंख्याको दुई तिहाई सहरी क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अनियन्त्रित बसाइँ सराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित सहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।








प्रतिक्रिया