अर्थ-वाणिज्य

कांग्रेसवाट धोका हुन्छ भन्ने थाहा छ तर पनि उसैसंग गठबन्धन हुन्छ :प्रचण्ड




बुटवल ११ भदौ । प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन नटुटने बताएका छन्।उनले भनेका छन् कांग्रेसवाट धोका हुन्छ भन्ने थाहा छ तर पनि उसैसंग गठबन्धन हुन्छ ।कार्यकर्ता प्रशिक्षणका लागि सनिवार बुटवल आईपुगेका प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै स्थानीयतह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभएपनि त्यसबाट पाठ सिकेर अगाडी बढने बताए।गठबन्धन र तालमेल भने जस्तो भएन तरपनि गठबन्धन र सरकार मिलेर स्थानिय तहको निर्वाचन सफल पारेर र संघिय लोकतान्त्रीक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोश्रो निर्वाचनको तयारी गरेको भन्दै यसलाई ठुलो सफलता मान्न प्रचण्डले आग्रह गरे।

यो गठबन्धन देशलाई ठुलो दुर्घटनाबाट बचाएको गठबन्धन हो देश बचाउनेमा गठबन्धनको भुमिका ठुलो छ तसर्थ स्थानिय तहको निर्वाचन परिणाम हेरेर भन्दा पनि त्यसबाट शिक्षा लिएर अगाडी बढने हो सत्तागठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले भने।हामीले स्थानिय तह निर्वाचनमा भएको परिणाम लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो गर्दैछौ उनले थपे।यस अघि प्रचण्डले लुम्विनी प्रदेशका अगुवा कार्यकर्ताहरुलाई आगामी निर्वाचनको तयारी बारे प्रशिक्षण मन्तब्य दिएका थिए।

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६