खोज–अनुसन्धान

कांग्रेसले चाहाँदा सम्म गठबन्धन, चुनावपछि नयाँ कोर्ष :मन्त्री चौधरी




बुटवल ११ भदौ । शहरी विकासमन्त्री मेटमणि चौधरीले कांग्रेसले चाहादा सम्म गठबन्धन हुने वताउदै मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने दावि गर्नु भएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गर्नुभयो ।
नेकपा एसका पोलिटब्यूरो सदस्य समेत रहनु भएको चौधरीले मुलुक सम्बृद्धिको बाटो अघि बढिरहेको बेला फेरी मुलुकमा गोल चक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालले कानुनी राज्यको धज्जी उडाउदै संसददीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसगँ गठबन्धन गर्नुभएको बताउनुभयो ।
शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताउनुभयो ।रुपन्देही क्षेत्र २ मा विष्णु पौडेलसगँ नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने बताउदै यो निर्वाचनबाट गठबन्धन बिजय हुने दाबी गर्नुभयो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री र उपाध्यक्ष तेजेन्द्र केसीको कार्यक्रम संचालनका सम्पन्न भएको थियो ।

प्रकाशित : ११ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६