कपिलवस्तु ११ भदौ । भदौ १२ गतेबाट एक हप्ता सामुदायिक विद्यालयहरु बन्द गर्न संघर्षरत पक्षले अपिल गरेका छन । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीको आन्दोलन स्वरुप भदौ १२ गते देखि १८ गते सम्म नेपाल भरीका सामुदायिक विद्यालयहरु बन्द गर्न भनिएको हो । शनिवार बसेको नेपाल विद्यालय कर्मचारी परिषद जिल्लाकार्य समिती कपिलवस्तुको बैठकले विद्यालय कर्मचारीका पेशागत हकहितकालागी आन्दोलनका कार्यक्रम केन्द्रिय सर्कुलर अनुसार नै अघिवढाउने निर्णय गरेको हो ।
१ हप्ता सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय कर्मचारीले गरेका छन् । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको नेपाल सरकार शिक्षा मन्त्रालयले सोही प्रकृयाबाट आएका अस्थाइ ,राहत र करार कर्मचारी सवैको पारश्रमिक बढाएको तर लेखापाल तथा विद्यालय सहयोगीको कुनै किसिमको सेवा सुविधा बृद्धी नगरेको हुदा यो आन्दोलन गर्न बाध्यभएको परिषद जिल्ला कार्यसमिती अध्यक्ष यमलाल भुषालले जानकारी दिनु भयो ।
प्रतिक्रिया