काठमाडौं, १२भदौ। नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्दैछ।बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।आगामी संघ र प्रदेश सभा निर्वाचनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीहरु,जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरु रहेका छन्।बैठकमा चुनावी एजेन्डाबारे छलफल हुने बताइएको छ।








प्रतिक्रिया