प्रदेश

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा पठायो



काठमाण्डौ, १२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । यसअघि प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको विधेयक राष्ट्रिय सभाले भने दफावार छलफलका लागि समितिमा पठाएको हो ।

आज आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकोमा त्यसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । सरकार र सत्तारूढ गठबन्धनले विधेयक सदनमै छलफल गर्नुपर्छ भनिरहेकोमा पछाडि हटेर समितिमा पठाएको हो ।

अब विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । समितिले विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेस गर्नेछ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बोलाइएको छ ।

यसअघि दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले १४ दिन रोकेर सन्देशसहित सदनमै फिर्ता गर्नुभएको थियो ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६