प्रदेश

बर्दीयाको राजापुर नगरपालिका स्वास्थ शाखा प्रमुख अर्यालको दादागिरी, कर्मचारी उचाल्दै आन्दोलन गर्दै




बर्दीया, १४ भाद्र ।
बर्दीयाको राजापुर नगरपालिका स्वास्थ शाखा प्रमुख गणेश अर्यालले लामो समय स्वास्थ शाखामा रहेर काम गर्दै आएका थिए । उनले केही आफ्ना नजिक भएका कर्मचारी राखेर नगरको स्वास्थ्य शाखामा हालिमुहालि गर्दै दादागिरी शैलिमा काम गर्न थाले । उनका निकट भनिएका एक कार्यालय सहयोगी, पोषण कार्यकर्ता र शाखाका उपसंयोजक शाखाबाट हटाए पछि पनि उनको दादागिरी शैलि परिवर्तन भएन । उसोत उनले अन्य कर्मचारि पनि हात लिए र आन्दोलन शुरु गरे । जब उनका नजिकका कर्मचारीहरु शाखाबाट हटाइयो तब अन्य कर्मचारीलाई पनि उस्काएर एक साता देखि आन्दोलनमा छन् । उनले जिम्मेवारी हेरेफेरबाट आफुलाई काममा मर्का पर्दै आएको बताउदौ आएका छन् । नगरपालिकाले निवेदनका आधारमा सच्चाउन सकिने प्रतिबद्धता गरेरे आन्दोलन नर्गन आग्रह गरेतापनि अटेरि गरेर आन्दोलन गरिरहेका छन् ।
स्वास्थ शाखामा जनस्वास्थ्य निरीक्षक रहने कानुनी ब्यबस्था भए पनि बिगतमा पहुचको आधारमा गणेश अर्याल शाखाको जिम्मेवारी समाल्न पुगेका हुन । उनी आफ्नो जिम्मेवारीबाट हटाइन्छ भनेर बार्गेनिङका लागि यो आन्दोलन गरेको स्रोतको दावि छ ।
पेशा प्रती जिम्मेवार नभएर आम स्वास्थ्य शाखाका कर्मचारिको हितमा समेत काम नगरेका उनले कोभिडमा खटिएका अरु तमाम साथीहरूलाई जोखिम भत्ता दिन पहल समेत नगरेको स्रोतले बताएको छ । प्रोत्साहन भत्ता आफै मात्र खाने र आफ्ना निकटका कर्मचारीलाई मात्र भत्ता खुवाउने र स्वास्थ शाखाका कार्यक्रम केहि कर्मचारी हात लिएर एकलौटी चलाउने गर्दा उनले दाहोरो रोल खेलेको एक कर्मचारीले बताए । आन्दोलनको बहानामा आफू सुरक्षित रहने खेलमा लागेको उनले बताए ।
राजापुर नगरपालिकाले वस्ती वस्तीमा स्वास्थ्य सेवा विस्तारका लागि पालिका भित्र रहेका स्थाई तथा करार कर्मचारीहरुलाई सरुवा गर्ने निणर्य गरेपछि स्वास्थ्यकर्मीहरु आन्दोलित बन्दै गएका हुन् । राजापुर स्वास्थ्य शाखाले आफुसंग समन्वय नगरेर पालिकाले निणर्य गरेको भन्दै आन्दोलन थालेको अर्याल निकट मानिएका एक कर्मचारीको भनाई छ ।
यस्तै नगरपालिका क्षेत्रमा स्वास्थ्यकर्मीहरुले चालेको आन्दोलन लाजमर्दो भएको स्थानिय अगुवाको भनाई छ । जनताले समयमा नै आवश्यक सेवाहरु निःशुल्क पाउनु पर्छ भन्ने धारणाले राजापुर नगरपालिकाले पालिका भित्रै स्वास्थ्यकर्मीहरुलाई सरुवा गर्ने निणर्य ग¥यो । पालिकाले गत भदौ ६ गते कर्मचारी सबैलाई सम्बोधन गरी कामकाज सम्बन्ध विषयमा सूचना प्रकाशित गरेको थियो । सूचनामा साउन १७ गतेका दिन नगरपालिका, वडा कार्यालय र स्वास्थ्य शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको कार्य जिम्मेवारी हेरफेर गरिएकोमा हालसम्म पनि खटाइएको कार्यालय शाखामा कर्मचारी हाजिर नभएको जानकारी प्राप्त भएको हुँदा भदौ ९ गते भित्र आफुलाई खटाइएको शाखा कार्यालयमा हाजिर भई कार्य जिम्मेवारी लिनहुन जानकारी गराईन्छ सुचना प्रकाशित गरिएको छ । यति मात्रै नभई खटाइएको शाखा कार्यालयमा जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही गरिने समेत भनिएको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६